अध्यक्षकाे कुरा

नामको पछाडि जात/थर जोडिएकोमा खासै महत्त्व मलाई लाग्दैन थियो। अहिलेको २१ सताब्दी अनि वैज्ञानिक युगमा यो जात, धर्म, संस्कृति सबै मिथ्या र अन्धविश्वास मात्रै लाग्ने गरेको थियो। सायद त्यसैले म जातिय कार्यक्रम र संगठनमा खासै महत्त्व दिने गरेको थिईन । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला अधिवेशनमा पारिवारिक तथा साथिहरुको करकापले पुगे । अधिवेशनमा नेपालमा रहेको तेलीहरुको अवस्थाबारेमा बुझ्न पाए र जातीय पहिचान हुनुपर्ने यथार्थलाई केही बुझ्न पाए । अधिवेशनमा मलाई नै अध्यक्ष बनेर संगठनलाई नेतृत्व दिनुपर्ने बाध्यता आयो। अध्यक्ष पछि मात्रै तेली जातिका बारेमा अध्ययन गर्न थाले । भारत वर्षका रक्षक भामा साह, मुगल साम्राज्य विरुद्धमा महाराणा प्रताप, आधुनिक युगका महात्मा गान्धि, नरेन्द्र मोदि आदि तेली रहेको बुझ्न पाए । तेली जातको ईतिहास र उत्पति र वर्तमान अवस्था बुझ्न पाए ।नेपालमा थोरै संख्यामा रहेका तेली समुदायका व्यक्तिहरु अधिकांश आफुमा सफल रहेको भएता पनि संगठानिक रुपमा कमजोर रहेको पाए। सप्तरी, सिरहा, धनुषा जस्तो जिल्लाहरुमा ठुलो संख्यामा भए पनि मोरंगमा हामी संख्यात्मक हिसाबले थोरै छौ । तर सफलताको हिसाबले चिकित्सक, ईन्जिनियर, नापी, शिक्षा क्षेत्रमा हामी अवल रहेका छौ । आफ्नो संस्कार, आफ्नो पहिचानको संरक्षण अत्ति नै आवस्यक हुदोरहेछ । जन्म, मृत्यु, विवाह लगायत १६ संस्कारलाई जीवन्त दिनु आवस्यक हुन्छ । आफ्नो कुल वंशको गरिमा कायम गर्नु हाम्रो दायित्व भित्र पर्दछ । हाम्रो पहिचान र संगठनका लागि हामीले नै गर्नुपर्ने हुन्छ । अन्य जात, समुदाय तथा वर्गले गरिदिने हुदैन । समयसंग चुनौती थपिने हुन्छ र अवसर पनि । एकातिर दाईजो र अर्कोतिर अंश विवादका कारण घर-घरमा विवाद छ । यस अवस्था एकता गर्दै शिक्षा तथा रोजगारलाई मुख्य प्राथमिकतामा राखेर संगठन विस्तार गर्ने काममा लागेको छु । तपाईंहरु सबैलाई यस कार्यमा जोडिन अपिल गर्दै, यहाँहरुको सल्लाहलाई निर्देशनका रुपमा लिने प्रतिवद्धता गर्दछु ।
डा. बालकृष्ण शाह

अविस्मरणिय पलहरु